घण्टीमाई सहकारी पत्रकारिता सम्मान भण्डारीलाई

साझेदारी दैनिक
407 पाठक संख्या

सिमरा : घण्टीमाई सहकारी पत्रकारिता सम्मान २०८१ बाट पत्रकार दिवाकर भण्डारी सम्मानित भएका छन् ।

घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले एक समारोहवीच भण्डारीलाई पाँच हजार नगद सहित सम्मान गरेको हो। घण्टीमाईको १२औं वार्षिक साधारणसभा शनिबार भएको हो।

जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित घण्टीमाई सहकारीले यो वर्षको सहकारी पत्रकारिता सम्मान पत्रकार भण्डारीलाई प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्यासिफिक संचालक सदस्य मिनराज कंडेल,संस्थाकी अध्यक्ष कोपिला सिंखडा,जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारी,पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरी लगायतले पत्रकार भण्डारीलाई सम्मान गरेका हुन्।

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा १६ वर्षदेखि कार्यरत भण्डारी बाराबाट प्रकाशित इशिालेख डट कम र सूचनालय साप्ताहिकका संचालक समेत रहेका छन्।

पत्रकारिताको माध्यमबाट सहकारी र सामाजिक क्षेत्रमा रचनात्मक ढंगले योगदान पु-याएको घण्टीमाईले जनाएको छ। हातेमालो सहकारी पत्रकारिता सम्मान,साना किसान सहकारी पत्रकारिता सम्मान,सिमरा महिला सहकारी पत्रकारिता सम्मानबाट यस अघि पत्रकार भण्डारी सम्मानित भईसकेका छन्।

औराहस्थित देवाश्रम परिसरमा आयोजित साधारण सभामा संस्थाले जेष्ठ शेयर सदस्य,उत्कृष्ट विद्यार्थी,उत्कृष्ट कर्मचारी,उत्कृष्ट ऋणी लगायतलाई सम्मान गरेको छ।

साधारणसभाको उद्घाटन सत्रमा पूर्व प्रदेशसभा सदस्य सुन्दर विक,जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल,नगर उपप्रमुख भोलाप्रसाद अधिकारीको विशेष उपस्थिति रहेको थियो।

संस्थाकी अध्यक्ष सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव त्रिलोक बिक्रम शाहले गरेका हुन्।

Leave a review

This will close in 0 seconds