रौतहट : जिल्ला प्रशासन कार्यालयल रौतहटले गैरआवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गर्न शुरु गरको छ ।
प्रशासन कार्यालयले प्रचलित कानूनबमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरिएको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मंगलवार पहिलो पटक एक जनालाई यो नागरिकता वितरण गरिएका छ ।
जर्मन नागरिक फकरुदिन अलिअहमद शेखलाई जर्मन नागरिक शेखले हालको गढिमाई नगरपालिका वडा नम्बर ३ साविक गम्हरिया पर्सा गाविस वडा नम्बर ५ को ठेगानामा जन्मस्थान उल्लेख गरी गैरआवासीय नागरिकता लिएका छन् ।
ऋाफुले नागरिकताका लागि आवश्यक कागजात उपब्ध गराएको दिन नै आफूलाई नागरिकता प्रमाण पत्र प्रदान गरिएको भन्दै फकरुदिनले खुसी व्यक्त गरका नताो ।
नागरिकतामा बुबाको नाम शेख नेक महमद र आमाको नाम शेहरा खातुन उल्लेख छ । उनले ईस्वी सम्वत् २०१८/०२/२३ मा जर्मनीको नागरिकता लिएका थिए ।


