अनुमति बिना तेजाबको प्रयोग तथा विक्री वितरणमा लाग्यो रोक

साझेदारी दैनिक
344 पाठक संख्या

वीरगञ्ज : पर्सा जिल्लामा अनुमति बिना तेजाबको प्रयोग तथा बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी रोक लगाएको जनाएको हो। अनुमति बेगर तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा सूचना मार्फत रोक लगाएको हो ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको बिक्री तथा प्रयोग गर्र्नु परे जिल्ला प्रशासनको अनुमति लिएर गर्न पनि कार्यालयले सूचना मार्फत अनुरोध गरेको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी उत्तमकुमार घिमिरेद्वारा हस्ताक्षरित सूचनामा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन,२०७९ को दफा ४ (ख) बमोजिम बिक्री वितरणका लागि प्रशासनबाट अनुमति लिएर मात्रै काम गर्न अनुरोध गरिएको छ ।

ऐनको बर्खिलाफ हुने गरी बिना अनुमति बिक्री वितरण गरेमा,प्रयोग गरेमा,प्रयोग अनुमतिको म्याद नाघेका फर्म,कम्पनी,व्यक्तिलाई कानुनबमोजिम कारवाही गरिने पनि सूचनामा जानकारी दिइएको छ।

Leave a review

This will close in 0 seconds