संयुक्त बजार अनुगमन टोलिद्वारा गरियो २१ वटा पसललाई कारवाही

संदिप प्रसाद यादव
471 पाठक संख्या

कलैया : बारामा संयुक्त बजार अनुगमन टोलिले चाडपर्व लक्षित गरी बजार अनुगमन गर्दा २१ वटा पसललाई कारवाही गरेको छ ।

चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव,कालोबजारी,मूल्यवृद्धि र न्यून गुणस्तरको खाद्यान्न बिक्री गर्ने पसलहरुलाई नियन्त्रण गर्न आइतबार कलैयामा,सोमबार जितपुरसिमरामा मंगलवार निजगढ र कोल्हवीमा अनुगमन गरिएको हो। टोलिले खाद्यान्न पसलहरुलाई संयुक्त बजार अनुगमन टोलिले २१ वटा पसललाई कारवाही गरेको हो ।

अनुगमनको क्रममा तीन दिनमा ३८ वटा पसलहरुमा अनुगमन हुँदा २१ वटा पसलहरुलाई कैफियत देखिएकोले १ लाख ५५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

उक्त जरिवाना उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गरिएको तथा अखाद्य वस्तुहरुलाई नष्ट गरिएको अनुगमन टोलिले जनाएको छ ।

बजार अनुगमन जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईको नेतृत्वमा भएको हो ।

धेरै मुनाफा लिने,लेबल नभएका तथा केरमेट गरेको खाद्यान्न वस्तु बिक्री गर्ने र विल विजक एवम् दर्ता प्रमाणपत्र देखाउन नसक्ने पसलहरुलाई समेत कारवाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाराका कार्यालय प्रमुख सुनिल चौरसियाले जानकारी दिएका छन् ।

संयुक्त बजार अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय बारा,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज,घरेलु तथा साना उद्योग कार्यालय बारा,जिल्ला प्रहरी कार्यालय बाराका प्रतिनिधि,उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियोे ।

Leave a review

This will close in 0 seconds