Sajhedari Daily
Latest News from Nepal

बाराको डुमरबानामा चट्याङ लागेर एक जनाको मृत्यु ,एक गम्भिर घाईते

Top Aside Banner

रञ्जन यादब/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरबानामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । उपमहानगरपालिका वडा नं.१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा बिहान करिब १० बजे चट्याङ लागेर एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने बर्ष ४२ का धर्म प्रसाद राय चौधरी रहेका छन् । चट्याङगबाट घाईते भएका चौधरीलाई स्थानीय डुमरबाना पोलि क्लिनीकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

त्यस्तै सोही टायर गाडामा बालुवा लोड गरिरहेको लेबर बर्ष २६ का तेतर माझी घाईते भएका छन् । उहाँको उपचार डुमरबाना पोलि क्लिनीकमा भईरहेको छ । घाईते माझीको अवस्था चिन्तामुक्त रहेको चिकित्सकले बताएका छन् । टायर र राँगा शकुसल रहेको प्रहरी नायब उपरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।