जिल्ला क्रिकेट संघ बारा र तुरुन्त कल प्रा.लि.बीच मंगलबार सम्झौता भएको छ ।
बाराको कलैयास्थित रहेको सिद्धेश्वर खेल मैदानमा जिल्ला क्रिकेट संघ बाराको आयोजनामा भएको एक कार्यक्रममा तुरुन्त कल प्रा.लि.ले एक वर्षको लागी सम्झौता गरेको छ ।

जिल्ला क्रिकेट संघ बाराका अध्यक्ष प्रभात चौरसियाको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि तुरुन्त कल प्रा.लि.ऐपका प्रमुख एवम् संस्थापक सन्दिपप्रसाद जैसवाल र अध्यक्ष चौरसियाविच सो सम्झौतामा हस्ताक्षर भएको हो ।
तुरुन्त कल प्रा.लिका प्रमुख एवम् फाउन्डर जैसवालले एक लाख रुपैयाँमा लिखित सम्झौता गरेका हुन् । सम्झौता अनुसार तुरुन्त कलको लोगो सहित बारा जिल्ला क्रिकेट संघका खेलाडीहरुले पोशाक लगाउनुपर्नेछ ।
जिल्ला स्तरीय खेल्ने खेलाडीहरुलाई ट्रैक शुट पनि सो अवसरमा प्रदान गरिएको छ । आउने दिनमा पनि जिल्ला क्रिकेट संघ बारालाई सहयोग गर्ने उनले प्रतिबद्धता गरेका छन् । उक्त ट्रैक सुटमा तुरुन्त कल प्रा.लिको लोगो पनि रहेको थियो ।
तुरुन्त कल प्रा.लि नेपालको पहिलो लोकल सर्च इन्जिन रहेको फाउन्डर जैसवालले बताए ।
सो तुरुन्त कल एपबाट आकस्मिक सेवा,अस्पताल,स्कुल,प्रहरी कार्यालयहरुको फोन नम्बर,लोकेसन,पसल सम्बन्धी सबै जानकारी उक्त वेबसाईटमा रहेको फाउन्डर जैसवालले जानकारी दिए ।
उक्त तुरुन्त कल एप सबैलाई चलाउन समेत आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला क्रिकेट संघ बाराका अध्यक्ष प्रभात चौरसियाले तुरुन्त कल प्रा.लिले दिएको एक लाख रुपैयाँले खेलाडीहरु सामाग्रीहरु खरिदमा खर्च गर्ने जानकारी दिए ।
उनले यो ऐतिहाँसिक रहेको बताए । यो बारा जिल्ला क्रिकेट संघको ईतिहाँसमा पहिलो पटक भएको बताए । उक्त कार्यक्रममा क्रिकेट संघ बाराका कोषाध्यक्ष सुभाष जैसवाल,पर्सा क्रिकेट संघका उपाध्यक्ष मुर्तुजा हवारी,कलैया क्रिकेट टिमका क्याप्टेन अनिल साह,सन्चारकर्मी तथा खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन जिल्ला क्रिकेट संघ बाराका सचिव अनिल चौगाईले गरेका थिए ।

