शुक्रवार २४ जनामा कोरोना संक्रण,पर्साका मात्रै १४ जनामा संक्रमित थपिए

साझेदारी दैनिक
साझेदारी दैनिक 504 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

राम मण्डल/
बारा, पर्सा र रौतहटमा गरि शुक्रवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा तीन जिल्लाका गरि थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिएका छन ।

नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति २ सय ८८ जनाको स्वाब पीसीआर परिक्षण गरिएको थियो । १४ बर्षदेखि ६६ बर्ष उमेर समूहका १८ जना पुरुष र ६ जना महिला सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित २४ जना मध्ये पर्साका मात्रै १४ जना छन । यसैगरी बाराका ६ जना र रौतहटका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको वीरगन्ज महानगरपालिकाका ३ जना, कालिकामाई गाउँपालिकाका ५, पर्सागढी नगरपालिकामा ५ र सखुवा प्रसौैनी गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यता बाराको कोल्हवी नगरपालिकामा ३ जना, महागढीमाई नगरपालिकामा २ जना र जीतपुरसिमरा उपमहानगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ।

यसैगरी रौतहटको गढीमाई नगरपालिकामा २ जना, माधव नारायण नगरपालिकामा एक र ईलाका प्रहरी कार्यालय गरुडामा एक जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता चौरसियाले बताएका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review