सिम्रौनगढ ऐतिहासिक समारोहका लागि भयो प्रारम्भिक छलफल

साझेदारी दैनिक
364 पाठक संख्या

बारा : बाराको ऐतिहासिक,पर्यटकीय,पुरातात्विक एवम् धार्मिकस्थल सिम्रौनगढमा आयोजना हुने तीन दिने ऐतिहासिक समारोहको लागि बुधबार संयुक्त बैठक सम्पन्न भएको छ ।

विणा फाउण्डेशनको आयोजनामा सिम्रौनगढ नगरपालिकाको सहयोगमा वडा नम्बर ७ स्थित नगरपालिकाको सभाहलमा भएको बैठकमा समारोहको बिषयमा प्रारम्भिक छलफल एवम् अन्र्तक्रिया कार्यक्रम समेत गरिएको थियो।

फागुन ९ ,१० र ११ गते उक्त समारोहको आयोजना गर्न लागिएको हो।उक्त कार्यक्रममा सिम्रौनगढको सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्जीवन,पर्यटन प्रर्बद्धन गरी स्थानीय तथा राष्ट्रिय स्तरमा आर्थिक गतीबिधि बढाउने,राष्ट्रिय र अन्तर्राष्ट्रिय ईतिहासमा सिम्रौनगढको ऐतिहासिक महत्वलाई उजागर गर्ने, विभिन्न सांस्कृतिक प्रदर्शनी,सेमिनार पुरातात्विक भ्रमण,स्थानीय कलाकृतिको प्रदर्शनी संस्कृति नृत्य तथा अन्य गतिविधी लगायतको कार्यक्रमको ब्यवस्थापन र प्रस्तुति लगायतको बारेमा ब्यापक छलफल गरिएको थियो।

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाकी उप प्रमुख रोशन प्रविण,निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी,बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल,प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जयसवाल,राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दन स्वर्णकार,सिम्रौनगढ जसपा नगर कमिटी अध्यक्ष पन्नालाल कुशवाहा,जनमतका गगनदेव प्रसाद कुशवाहा,नेकपा एसका रमेश पन्जाली,राप्रपाका सत्येन्द्र साह,सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष एजुल्लाह अन्सारी,वडा नम्बर ४ का अवधेश सहनी, ६ का नन्दकिशोर प्रसाद जयसवाल,८ का रामदिनेश प्रसाद यादव,बिद्यार्थी नेता उमेश कुशवाहा लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए।

उक्त अवसरमा करैया गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव,सिम्रौनगढ नगरपालिकाका उपप्रमुख नजमु शेहर,बारागढीको लक्ष्मी यादव,मानव अधिकार कर्मी रन्जित कुशवाहा ,पुरातत्व सेनानी भरत साह ,डि. के. सिह, वडा अध्यक्ष दिनदयाल मुखिया अरबिन्द मुखिया, शिवमङ्गल कुशवाहा ,रामएकवाल प्रसाद यादव स्थानीय भद्रभलादमी लगायतको सहभागिता रहेको थियो।सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल र विणा फाउन्डेसनका अध्यक्ष ममता शर्माले सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा स्वागत शिक्षक शशी भुषण साहको रहेको थियो ।

Leave a review