राजन कुमार बानिया/
पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं २ सानो टिहुकी सेढामा आज बर्थिंगसे्टरको उदघाटन भएको छ । नावगावा क्षेत्रमा एउटा बर्थिंगसेन्टर नरहेकोले सेढामा नवनिर्मित बर्थिग सेन्टरको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बिधवत रुपमा फिता काटेर उदघाटन गर्नु छ ।
बर्थिंग सेन्टरको उदघाटन गर्दै अध्यक्ष गुप्ताले भने छिपहरमाई गाउँपालिकाको पाचै वटा वडाहरु बर्थिंग सेन्टर स्थापना गरिने प्रतिबधाता गर्नु भएको छ । वर्षौ पहिला देखि छिपहरमाई गाउँपालिकामा एउटा पनि बर्थिंग सेन्टर नरहेको र बाटोघाटो समस्या समेत रहेको कारण यस क्षेत्रका महिलाहरुले प्रशुती गराउन भारतको बेतिया,मैनाटाड,सिकटा लगायत तरफ जानुपरिरहेको थियो कतिपै महिलाहरुले सम्यमा स्वास्थ्य संस्थाहरुमा नपुगदै बाटोमै अकाल मृत्युु हुने गरिरहेकोले सो लाई मध्यनजर गरि आफु जितेको तिन वर्षमा पहिलो प्राथमिकता स्वास्थ्यमा बर्थिंग सेन्टर स्थापना गराएको छु ।
पहलो बर्थिंग सेन्टर छिपहरमाई गाउँपालिकाको वार्ड नं ४ तुल्सीवर्वामा स्थापना गरिएको छु । दोस्रो वार्ड नं २ टिहुकी सेढा मा भयो।अब वार्ड नं ३ जयमंगलापुर मा बर्थिंग सेन्टर को निर्माण समपन भईसकेको छ । छिटै नै बर्थिंग सेन्टर स्थापना हुने अध्यक्ष गुप्ता ले बताए । पहिला यस क्षेत्रमा बर्थिंग सेन्टर नहुदा महिलाहरुले प्रसुती गराउन भारतमा जाने गर्थियो अब हाम्रा गाउँपालिका को महिलाहरुलाई प्रसुती गराउन भारत तरफ जाने दिन गयो अब आफ्नै गाउँ ठाउँ सुरक्षित प्रसुती गराउने अध्यक्ष गुप्ताले बताए । यस बर्थिंग सेन्टर बाट हजारौ महिला हरु ले लाभ लिने अध्यक्ष गुप्ताले बताए ।
छिपहरमाई गाउँपालिकामा रहेको बर्थिंग सेन्टरमा प्रसुती गराउन आउने महिलाहरुलाई प्रोत्साहन स्वरुप गाउँपालिकाबाट दुई हजार नगद सकेत दिने बताए । छिटै गाउँपालिकाले एमबिबिएस डाक्टरको बहाली गरि स्वास्थ्य संस्थामा राखिने अध्यक्ष गुप्ताले प्रतिबधाता गर्नुभएको छ । स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टर बहाली भईसकेपछी यस क्षेत्रका जनताहरुले भारत र नेपालका बिरगंज ,पोखरिया लगायत अन्य ठाउँहरुमा उपचार गराउन जानुपर्दैन आफ्नै ठाउँमा उपचार गराउन सकने अध्यक्ष गुप्ता ले बताए ।
छिपहरमाई गाउँपालिकाको वार्ड नं १ मिर्जापुरमा बर्थिंग सेन्टर स्थापनाको लागी गाउँपालिका बाट ८० लाख बजेट छुट्याई सकेको छु छिटै बर्थिग सेन्टरको लागी भवन निर्माणको काम शुरु गरिने बताए । वार्ड नं ५ भिस्वामा पनि बर्थिंग सेन्टरको लागी त्यारी काम भईरहेको छ आउने आर्थिक वर्षमा त्यार गरि छिपहरमाई गाउँपालिकाको पाचै वाडहरुमा बर्थिंग सेन्टर स्थापना गरि स्वास्थ्य संस्थाहरुलाई मजबुत बनाउने अध्यक्ष गुप्ताले प्रतिबधाता गर्नु भएको थियो ।
छिपहरमाई गाउँपालिकाको पाचै वाडहरुमा बर्थिंग सेन्टर स्थापना गरि पाचै बर्थिंग सेन्टरमा एमबुलेन्स राखिने अध्यक्ष गुप्ताले प्रतिबद्धता गरेका छन। गाउँपालिकामा अहिले एक मात्र एमबुलेन्स खरिद गरि संचालनमा रहेको र यस आर्थिक वर्षमा एउटा एम्बुलेन्स खरिद गरि तुल्सिवर्वा र सम्भौता सेढामा रहेको बर्थिंग सेन्टरमा एम्बुलेन्स बितरण गरिने अध्यक्ष गुप्ताले बताए । बर्थिंग सेन्टरमा ६ जना स्वास्थ्यकर्मीहरु रहने बताए ।