नव निर्मित चार कोठे विद्यालय भवनको भयो उपमहानगर प्रमुख साहद्वारा उद्घाटन

संदिप प्रसाद यादव
337 पाठक संख्या

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा नव निर्मित चार कोठे भवनको बुधबार एक कार्यक्रमवीच उद्घाटन भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको आर्थिक सहयोग कलैया उपमहानगरपालिकाको समन्वय र प्रविधिक सहयोगमा नव निर्मित चार कोठे विद्यालय भवनको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख साहको अथक प्रयास र मेहनतले भवन निर्माणका लागि बजेट प्राप्त भएको बताए । उनले
बारालाई नमूनाको रुपमा विकास गर्ने अठोटका साथ अगाडि बढेको बताए ।

शिक्षाको हब बनाउने गरी विशेष प्राथमिकतामा शिक्षा क्षेत्रलाई राखिएको बताए । विद्यालयको नयाँ भवन भएपछि कक्षाकोठा अभावको समस्या समाधान भएको उनको विश्वास छ ।

उक्त नव निर्मित बिधालय भवनमा आवश्यक पर्ने बेन्च र लाइन बत्ती कलैया उपमहानगरबाट उपलब्ध गराउने उनले प्रतिबद्धता गरे ।

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोरिक प्रसाद यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह,कलैया उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत बिजय अधिकारी,कलैया उपमहानगरपालिका वार्ड नम्बर १३ का वार्ड अध्यक्ष राजेश महथा खत्री,विद्यालयका प्रधानाध्यापक अवध किशोर गिरि,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,शिक्षक मनोज यादव समाजसेवी गेन्दा यादव,पूर्व विधालय व्यवस्थापन समितिका अध्यक्ष ताराचन्द साह लगायत शिक्षक–शिक्षिका,स्थानीय भद्रभलादमी,बुद्धिजीवी,शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds