महासंघको मधेस प्रदेश समितिको दोस्रो महाधिवेशन सम्पन्न

संदिप प्रसाद यादव
387 पाठक संख्या

जनकपुर : सूचनाको हकका लागि राष्ट्रिय महासंघ मधेस प्रदेश समितिको दोस्रो महाधिवेशन बिहीबार जनकपुरमा सम्पन्न भएको छ ।

महाधिवेशनको उद्घाटन राष्ट्रिय अध्यक्ष उमिद बागचन्दले गर्नु भएको थियोे ।

जनकपुरधाम स्थित सीता शरण होटेलमा सम्पन्न महाधिवेशनको बन्द शत्रले अजय कुमार साहको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।

त्यस्तै समितिको खुल्ला उपाध्यक्षमा राकेश प्रसाद चौधरी,महिला उपाध्यक्षमा पार्वती सुब्बा,महासचिवमा कृष्ण प्रसाद थपलिया र कोषाध्यक्षमा अनिता कुमारी यादव सर्वसहमतबाट चयन भएका छन् ।

सो सम्मेलनबाट खुल्ला सचिवमा दिलिप कुमार सहनी र महिला सचिवमा आरती बुढाथोकी सर्वसहमतबाट चयन भएका हुन् ।

समितिको सदस्यहरुमा अनिल पोखरेल,किरण पासवान,निर्मला कुमारी दाहाल,बद्री नारायण यादव,मनोज कुमार रौनियार,विशाल बस्नेत,दिनेश कुमार महतो र संदिप प्रसाद यादव चयन भएको निर्वाचन अधिकृत गुलाब चौधरीले जानकारी दिएका छन् ।

उक्त उद्घाटन समारोहमा राष्ट्रिय अध्यक्ष बागचन्द,केन्द्रिय सदस्य सन्तोष पाण्डे,गुलाब चौधरी लगायतले शुभकामना मन्तव्य दिनु भएका थिए ।

महाधिवेशनमा मधेस प्रदेशका आठ जिल्लाका ३० जना अभियन्ताहरुको उपस्तिथि रहेको थियोे ।

Leave a review

This will close in 0 seconds