Sajhedari Daily
Latest News from Nepal

सार्बजनिक सवारी साधनहरुले यात्रुलाई ठग्दै,अनुगमन छैन, सरोकारवाला निकाय मौन

Top Aside Banner

रञ्जन यादब/
बारा र पर्साबाट चल्ने सार्बजनिक सवारी साधनहरुले यात्रुहरुलाई ठगि रहेका छन्। सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदैँ सार्बजनिक सवारी साधनहरुले यात्रुलाई कोचि कोचि राखेर पनि ५० प्रतिशत बढी भाडा लिने गरेका छन् । तर अनुगमन गर्ने सम्बन्धित निकाय कानमा तेल हालेर निदाईरहेको छ ।

यसक्षेत्रमा चल्ने सार्बजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुदेखि चालकसम्म बिना मास्क यात्रा गरेपनि नियमनकारी निकायहरुले खासै वास्ता नगर्ने गरेको यात्रुहरुको गुनासो गरेका छन ।

सरकारले सार्वजनिक यातायातमा सीट क्षमता अनुसार नै यात्रु राख्न पाउने नियम लागू गरी पुरानै भाडादर कायम गरे पनि बारा,पर्साबाट सञ्चालित सार्वजनिक यातायातहरुले ५० प्रतिशत भाडा बढी लिने गरेको यात्रुहरुले गुनासो गरेका छन ।

नजिकिदै गरेको नेपालीको महान् पर्व बडादशैँ शुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको माग अनुसार सीट क्षमता अनुसार नै यात्रु राख्न पाउने निर्णय गरेको थियो ।

यसअघि २०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर नै कायम हुने निर्णय भएको जनाएको थियो। तर सरकारको निणर्यलाई भने यातायात व्यावसायीहरुले भने लत्याएका छन ।