कानु हलुवाई समाज बाराको अध्यक्षमा उमेशचन गुप्ता

साझेदारी दैनिक
257 पाठक संख्या

कलैया : कानु हलुवाई समाज बाराको अध्यक्षमा उमेशचन गुप्ता चयन भएका छन्।

कलैया उपमहानगरपालिका ६ स्थित करणराज पार्टी प्यालेसको सभा हलमा भएको एक कार्यक्रमका बीच गुप्तालाई अध्यक्षमा चयन गरिएको हो।

कानु समाज नेपाल र कानु हलुवाई कन्दोई समाज नेपाल कानुका दुई संस्थालाई खारेज गर्दै कानु हलवाई समाज बारा नेपाल गठन भएको हो। समिति १५ सदस्यीय रहेको छ।

उपाध्यक्षमा हरिनारायण साह कानु,महासचिवमा रामानन्द प्रसाद गुप्ता,सचिवमा विजयप्रसाद गुप्ता,कोषाध्यक्षमा विश्वनाथ साह कानु सर्वसहमतबाट चयन भएका हुन्।

सदस्यमा रामनारायण साह कानु,रामबाबु साह कानु,उदित कुमार गुप्ता,जयकिसुन साह,वीरेन्द्र साह,श्यामबाबु गुप्ता,सन्जु साह,बिनोद साह,चम्पा साह हरिओम साह चयन भएका हुन्।

कानु हलुवाई समाज नेपालका केन्द्रीय अध्यक्ष एवम् प्रमुख अतिथि राजकुमार साहले कानुहरुलाई एकताबद्ध भएर अगाडी बढन आग्रह गरे। जुन घरमा भए पनि जाती आफ्नो पहिलो घर हो,जाती मजबुत भयो भने सब ठिक हुने जनाएका छन्।

कानु जातिका अगुवा अभिभावक रामचन्द्र साह कानुको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा संविधान सभा सदस्य प्रमोद गुप्ता,प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साह,कानु समाज नेपालका केन्द्रिय अध्यक्ष किशोरी साह कानु,केन्द्रिय महासचिव किशोरी साह,सचिव हरिहर साह कानु,महागढीमाइ नगरपालिकाका उपप्रमुख तारा देवी साह कानु,कानु हलुवाई कन्दोइ समाज नेपालका बिभा गुप्ता,केन्द्रीय कोषाध्यक्ष रामअशिष साह लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन उदित गुप्ताले गरेका थिए।

Leave a review