नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बढदो प्रबिधिको युगमा अनलाईन माध्यमबाट नै समाचार पढनेहरु ब्यापक रुपमा बढदै गईरहेको बताएका छन् ।
वीरगञ्जबाट प्रकाशन हुदै आएको अंकुश दैनिक पत्रिकाको रजत जयन्ती समारोहलाई शनिबार बोल्दै महामन्त्री थापाले बताएका छन् । महामन्त्री थापाले प्रविधिको युगमा सोशल मिडियामा नै मानिसहरुले समाचार पढन रुचाउने गरेको जनाए । पत्रिका चलाउन र प्रकाशन गर्नमा कठिनाई भएको बताएका थिए ।
सोही अवसरमा बोल्दै उहाँले कसैले पनि नक्कली नागरिकता बनाउन छुट दिए सञ्चार माध्यमले छाडदैन भन्ने कुरामा डर उब्जाउन पत्रकारहरु महत्वपुर्ण भुमिका हुन जरुरी छ । पार्टीको शुद्धिकरणको लागि आफनै दल भित्र रहेर काम सँगै पार्टीसितै लडिरहेको महामन्त्री थापाको भनाई छ ।
काँग्रेसमा लागेका युवा शक्तिहरुले देशका थुप्रै गाउँहरुमा राम्रो काम गरेको उनले जनाए। उनले युवा शक्तिहरुले पार्टीमा गरेको योगदान प्रशंसनीय रहेको बताए ।
एक अर्को प्रसंगमा पुर्वमन्त्री समेत रहेका थापाले जिम्मेवारीमा बसेको ताकतवर पहुँच र राजनीतिक दलमा बसेकै कारणले कसैले पनि कुनै प्रकारको छुट पाउन नसक्ने उनले बताए ।
यसैगरी कार्यक्रममा सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर २ का संघीय साँसद अजय चौरसियाले प्रविधिको युगमा लोकतन्त्र देशको लागि ठिक नभएको विभिन्न तत्वहरुले दुष्प्रचार गरिरहेको बताए । यसलाई रोक्नको लागि मिडिया तथा पत्रपत्रिकाले भूमिका खल्नुपर्ने कुरामा चौरसियाले जोड दिए ।
पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदिप यादवले पत्रकारहरुले स्वतन्त्र र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले नेपालका पत्रकार तथा मिडिया हाउसहरु राजनीतिक दलमा आबद्ध भएका कारणले पनि स्वच्छ पत्रकारितमा कमि भएको उनको भनाई थियो ।नेपाल पत्रकार महासँघका पुत्र्र सभापति एवम् प्रेस काउन्सिलका पुर्ब अध्यक्ष हरिहर बिरहीले लोकतन्त्र र गणतन्त्रमाथि बिभिन्न प्रतिगामी शक्तिहरुले प्रहार गरिरहेको जनाए ।
उनले अहिलेका मिडियाले चाहे जतिको काम गर्न नसकेको जनाए । रजत जयन्ति समारोह अँकुश दैनिकका सम्पादक दिपेन्द्र चौहानको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।समारोहमा बिभिन्न पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो ।


