आगामी चाडपर्वको अवसरलाई मध्यनजर गर्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले फुटपाथ बजार लगाउँन दिनुपर्ने माग गरेको छ ।
दिपावली तथा छठ पर्बको अवसरमा साना तथा मझौला ब्यवसायी एवम किसानको उत्पादनलाई उपभोक्ता बिच सस्तो र शुलभ मुल्यमा उपलब्ध गराउँन फुटपाथ बजार लाग्ने भएकाले लगाउँन दिनुपर्ने माग गरेको हो ।
स्थानीय प्रशासन र सुरक्षासँग सम्बन्धित निकायहरूलाई फुटपाथ बजार व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेको छ। संघले बजारमा देखिने भीडभाडलाई व्यवस्थापन गर्न,सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै सहजीकरण गर्न र सुलभ तरिकाले किनमेलको वातावरण बनाउनुपर्नेमा जोड दिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ७ को कार्यालयलाई सम्बोधन गर्दै संघले फुटपाथ व्यापारलाई व्यवस्थित गर्न र जनतालाई सहज किनमेल गर्न बाताबरण बनाउँन अनुरोध गरेको छ ।
पत्रमा भनिएको छ कि जीतपुरको मस्जिद देखि टेडा रोड सम्म मिति २०८१ साल कार्तिक २२ गते सम्म फुटपाथ बजार लगाउँनमा सहजीकरण,समन्वय र सहकार्य गर्न अनुरोध गरिएको छ ।
व्यापारिक गतिविधिमा हुने भीड र ट्राफिक व्यवस्थापनको चुनौतीलाई सम्बोधन गर्दै,आगामी दिनमा विशेष ध्यान दिन प्रशासन,प्रहरी र स्थानीय निकायलाई अनुरोध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय,इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बेस क्याम्पलाई समेत सूचित गरिएको छ। संघले आगामी चाडपर्वहरूमा सुरक्षालाई सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ,ताकि परम्परागत रुपमा सञ्चालन हुँदैँ आएको फुटपाथ बजारको सुचारू व्यवस्थापन सम्भव होस ।

