सिमरा : उद्योग प्रतिष्ठानमा तत्काल विद्युत जोडन जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघले माग गरेको छ।
तिहारको बेलामा देशको औद्योगिक प्रतिष्ठानहरुलाई अन्धकार बनाएको भन्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले विरोध गरेको हो।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहनशर्मा लामिछानेले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्युत प्राधिकारणको कदम सच्याउन आग्रह गरेका छन्।
डेडिकेटेड र ट्रंक लाइनको विवाद नयाँ नरहेको उनले विज्ञप्तिमा भनेका छन्। वार्ता र सहमतिको माध्यमबाट समस्या समाधानका लागि उद्योगीले गरेको आग्रहलाई सरकारले पटक–पटक वे–वास्ता गर्दै आएको उद्योग वाणिज्य संघले जनाएको छ ।
‘सरकार र नेपाल विद्युत प्राधिकरणले चालेको पछिल्लो कदमका कारण यस जीतपुरसिमरा उपमहानगरपालिका भित्रका चार ठुला उद्योगहरु जगदम्बा स्टिल लिमिटेड, हुलास स्टिल लिमिटेड, हामा आइरन तथाअशोक स्टिल इन्डष्ट्रिज मारमा परेका छन्।
ति उद्योगले देशको रोजगारी तथा कुल ग्राहस्र्थ उत्पादनमा पु-याएको योगदानको समेत कदर नगरी एकपक्षीय ढंगबाट विद्युत प्राधिकरणले चालेको कदम निन्दनीय छ संघका अध्यक्ष लामिछानेले प्रेस विज्ञप्तिमा लेखेका छन्।
देशमा गरी खान पाउने वातावरण निर्माणका लागि हौसला बढाउनुको सट्टा केही न केही बखेडा झिकेर पटक–पटक उद्योगी÷व्यवसायी माथी भइरहेको आक्रमणले उद्योगीलाई त्रसित पारिरहेको विज्ञप्तिमा जनाइएको छ।
उद्योग व्यवसायमा गरिएको लगानीको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने सरकार र सरकारका विभिन्न निकायले पटक–पटक उद्योगी व्यवसायी माथी गरिरहेको आक्रमणले लगानी पलायनको खतरा समेत बढ्दै गएको विज्ञप्तिमा लामिछानेले जनाएका छन्।
‘जीतपुरसिमरा उपमहानगरका चार सहित विद्युतलाईन काटिएका देशका सबै उद्योग प्रतिष्ठानमा विद्युत जोडी औद्योगिक वातावारण निर्माणमा अग्रसर हुन विद्युत प्राधिकरण सहित सम्बन्धित पक्षसंग विज्ञप्ति मार्पmत माग गरिएको छ।

