तामागढी बचत तथा ऋण सहकारी संस्था कोल्हवीको १६ औं वार्षिक साधारण सभा सम्पन्न

साझेदारी दैनिक
289 पाठक संख्या

कोल्हवी : धीरेन्द्र पनुहर/ बाराको कोल्हवीमा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

एक कार्यक्रमको बिच तामागढी पार्टी प्यालेस कोल्हबीमा संस्थाका अध्यक्ष एकराज आचार्यको सभापतित्वमा सो साधारण सभा सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि संस्थाका शेयर सदस्य जेष्ठ नागरिक ९५ वर्षीय वसन्त ढकालले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गरेका हुन्।

सो कार्यक्रममा लेखा प्रतिवेदन गोबिन्द पौडेलले प्रस्तुत गरेका हुन्। संस्थाका कोषाध्यक्ष कालिका दवाडी भण्डारी द्वारा नीति तथा कार्यक्रम प्रस्तुत भएको हो।

संस्थाको गतिविधिको बारेमा संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालले जानकारी गराएका हुन्। संस्थाले आर्थिक वर्ष ८०–८१ मा ४० करोड़ बरावरको कारोवार गरेको छ। यस संस्थामा सात हजार सदस्यहरु रहेका छन्।

कार्यक्रममा उत्कृष्ट बचत कर्ता,अनुशासित ऋणी,उत्कृष्ट कर्मचारी,उत्कृष्ट बालबचत कर्तालाइ सम्मान पत्रले सम्मान गरिएको थियो। उत्कृष्ट कर्मचारीको पदवी सस्थाका मुख्य प्रन्बधक बासुदेव रिमाललाइ प्रदान गरिएको छ।

कार्यक्रमलाइ संबोधन गर्दै प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले सहकारीमा सेयर सदस्यहरुको पैसा नै लगानी रहेको हुदा समयमा ब्याज र किस्ता तिरी सहकारीलाइ अगाडी बढाउन आग्रह गरे। सहकारीले जनताको आर्थिक परिवर्तन,सामाजिक परिवर्तन लगाएत बिभिन्न क्षेत्रमा परिवर्तन गर्ने गरेको उनले जानकारी दिए।

कार्यक्रममा भुवन चौधरी,सोनालाल साह प्रदेश सांसद त्रिलोकी चौधरी लगायतकाले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका हुन्।

उक्त कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष डालकुमार खड़का,पूर्व अध्यक्ष श्यामप्रसाद खनाल,केन्द्रिय बचत तथा ऋण सहकारी संघका संचालन समिति सदस्य शोभा राउत, जिल्ला बचत तथा सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर,तामागढी ग्रुपका युवराज क्षेत्री,कोल्हवी नगरपालिकाका निवर्तमान मेयर भरत बहादुर भण्डारी,लेखा सुपरिवेक्षण समितिका संयोजक गोबिन्द पौडेल,सिमरा सेवा केन्द्र संचालन उपसमितिका संयोजक संचालक समिति सदस्य सन्तोष पाण्डे, नयाँबस्ती सेवा केन्द्र संचालन उपसमितिका संयोजक बिसु थापा,खोपवा सेवाकेन्द्र संचालन उपसमितिका संयोजक राजकुमार चौधरी, कोल्हवी न पा वाड न १ का वडा अध्यक्ष राजहरण चौधरी,वाड न २ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी, करैयामाई गा पा वाड न १ का वडा अध्यक्ष सोनालाल साह,ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक किसन बस्नेत,सशस्त्र प्रहरी बल कोल्हबीका प्रमुख सुरेश घलाल ,समाजसेवी केवलप्रसाद चौधरी ,पूरन देव चौधरी,जितिया बहुउद्देश्यीय साकोस कोल्हबीका अध्यक्ष भुवन चौधरी,निर्मल बचत साकोस परसौनाका अध्यक्ष मनोज चौधरी लगायत संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा संस्थाका उपाध्यक्ष पृथ्वीराज सिवाकोटीले स्वागत गरे। कार्यक्रमका संचालन सचिव पध्मजंग प्याकुरेलको थियो।

Leave a review

This will close in 0 seconds