डाँका र प्रहरी बीच झडप, प्रहरी सहित दुई जना घाईते

साझेदारी दैनिक
594 पाठक संख्या

गए राती डकैती गर्न गएका समूह र प्रहरी बीच झडप हुँदा बारामा प्रहरी सहित दुईजना घाईते भएका छन् ।

रातको करिव १२ बजेको समयमा जीतपुरसिमरा २३ मा रहेको एरोटेक प्रालिमा चोरी भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा प्रहरीमाथि नै रड प्रहार भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए ।

रड प्रहारबाट ईलाका प्रहरी कार्यालय, जीतपुरका बरिष्ठ नायव निरिक्षक कलमबहादुर शाहीको टाउकोमा गम्भिर चोट लागेकाले उनको बीरगञ्ज स्थित नेशनल हेल्थ केयरको आईसियुमा उपचार भईरहेको छ ।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड गोलि चलाएको थियो । डकैतिमा संलग्न व्यक्तिका साथबाट दुई थान कटुवा पेस्तोल र भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ, जस मध्ये एक जना घाईतेको सिमरा स्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ ।

Leave a review

This will close in 0 seconds