अभियन्ता एवम् पत्रकार हत्या घटनामा संलग्न अपराधीलाई हदैसम्मको सजाय गर्न महासंघको माग

साझेदारी दैनिक
432 पाठक संख्या

काठमाण्डौँ : कैलालीका सूचनाका हकका अभियन्ता एवम् पत्रकार सुरेश भुललाई कुटपिट गरि हत्या गरिएको घटनाको सूचनाको हकका लागि राष्ट्रिय महासंघ नेपालले गहिरो खेद प्रकट गरेको छ ।

महासंघका केन्द्रीय अध्यक्ष उम्मीद बागचन्द र केन्द्रीय महासचिव अजयकुमार साहद्दारा संयुक्त रुपमा मंगलबार पे्रस विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्सना गदै खेद व्यक्त गरेको हो ।

गत कार्तिक २५ गते आईतवार साँझ ५ बजेको आसमयमा गौरीगंगा नगरपालिका वडा नम्बर ११ कान्तिपुर टोलमा रहेको आफ्नै पसलमा बसिरहेको बेला अभियान्ता भुललाई सोही ठाउँको एक समुहले निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाईते भएका अभियान्ता भुलको धनगढी स्थित निसर्ग अस्पतालमा उपचारको क्रममा आईतबार नै मृत्यु भएको थियो । अभियान्ता भुलको निधन भएको घट्नाले देशैभरिका सम्पूर्ण अभियन्ताहरुलाई र सिंगो महासंघलाई स्तब्ध बनाएको छ,हामी सम्पूर्ण अभियन्ताहरु यस घट्नाबाट मर्माहित भएकाछौं । महासंघद्दारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलाली जिल्ला समितिका सदस्य समेत रहेका भुलको हत्या घटनामा संलग्न दोषीहरुलाई यथाशिघ्र कानुनी कारवाहीको दायरामा ल्याई हदैसम्मको सजायका लागि प्रहरी प्रशासन समक्ष महासंघले जोडदार माग समेत गरेको छ ।

यसैगरी महासंघले सोही विज्ञप्तीमार्फत शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट समेत गरेको छ ।

यसैविच उक्त घटनाको सूचनाको हकका लागि राष्ट्रिय महासंघ मधेश प्रदेश समिति,कर्णाली प्रदेश समिति,सुदुरपश्चिम प्रदेश समिति सहित विभिन्न जिल्ला समिति लगायतकाले विज्ञप्ती जारी गर्दै घटनाको घोर निन्दा गर्ने दोषीलाई कडा भन्दा कडा कारवाही गर्न जोडदार माग गरेका छन ।

Leave a review

This will close in 0 seconds