गढीमाई मन्दिरको दोस्रो पटक भेटी गणना हुँदा पाँच लाख भन्दा बढी संकलन

संदिप प्रसाद यादव
253 पाठक संख्या

कलैया : गढीमाई मन्दिर परिसरमा राखिएको दान पेटिका १७ दिन पछि दोस्रोपटक भेटी गणना हुँदा ५ लाख भन्दा बढी रुपैयाँ संकलन भएको छ ।

बाराको विश्वप्रसिद्ध गढिमाई मन्दिरको ४ वटा दान पेटिकाबाट शनिबार ५ लाख २४ हजार १ सय ६५ रुपैयाँ भेटि संकलन भएको पाएको छ । त्यस्तै चाँदीको ७ थान आखाँ,३ थान सुनको गहना,बिन्दिया, नथिया प्राप्त भएको छ ।

उक्त पेटिका १७ दिन पहिला खोल्दा ४ वटै दान पेटिकाबाट र रसिदमार्फत रु ९ लाख ८७ हजार ४ सय ७४ रुपैयाँ प्राप्त भएको थियो भने कुल जम्मा १५ लाख ११ हजार ६ सय ३९ रुपैयाँ दान पेटिकाबाट संकलन भएको समितिले जनाएको छ ।

पंचबर्षिय गढीमाई मेला मुल ब्यवस्थापन समितिको उपाध्यक्ष कैलाश महतोको बिशेष उपस्थितिमा मन्दिर परिसरमा रहेका चार वटै दान पेटिकालाई सार्वजनिक रुपमा खोलिएको छ ।

सो अवसरमा सशस्त्र प्रहरी,नेपाल प्रहरी,नगरप्रहरी सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds