जीतपुर : बाराको निजगढ नगरपालिका वडा नम्बर १३ मा सोमबार बालिका जबरजस्ती करणको आरोपमा एक जना पक्राउ परेका छन् ।
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चकलेट किनिदिने प्रलोभन देखाएर बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्रउ परेका ४१ बर्षिय पुरुषले बालिकालाई चकलेट किनिदिने भन्दै जंगलमा लगेर जबरजस्ति गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताएका छन ।
बालिकाको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


