निजगढ : उमेश घलान / बाराको निजगढ नगरपालिकाको निजगढ र सिंगौलका किसानहरू यतिबेला युरिया र डिएपी मलको अभाव झेलिरहेका छन् ।
निजगढका यो क्षेत्रमा विशेष केरा खेती गर्ने किसानको संख्या पनि बढी छ । रासायनीय मल अभावले यतिखेर निजगढ, सिंगौलका किासनहरु समस्यामा परेका छन । केरा खेती र वर्षायाममा धान खेती र हिउँदमा हाइब्रिड मकै खेती गर्दै आएका यहाँका किसान अहिले मल नपाएरपछि कतिपयले धान रोप्न पनि पाएका छैनन् भने रोपिसकेका धानका बोटहरुमा सुक्न थालेका छ ।
निजगढ नगरपालिकाको वडा नम्बर नं. १, २ र ३ को सिंगौल क्षेत्रमा करिब ८० प्रतिशत कृषियोग्य जमिनमा केरा खेती लगाईदै आएको छ । अहिले युरिया र डिएपी मल दुबै अभाव हुदा व्यवसायिक रुपमा केरा खेती गर्ने किसानहरु धेरै पिडामा छन ।
सरकारी अनुदानको मल सिंगौल आइपुगे पनि सहकारी संस्था र वडास्तरीय नेताहरूको मिलेमतोमा पार्टी निकट र आफ्ना मान्छेहरूलाई प्राथमिकता दिइने गरेको एक किसानले गुनासो गरिन । स्थानीय किसान गोरोख राई भन्छन्, “हामीजस्ता साना किसानले हिउँदमा मकै लगाएका छौं, तर युरिया पाइँदैन । सहकारी र वडाअध्यक्षको चलखेलले हामी पछाडि परेका छौं ।”
अहिले सिमा क्षेत्रबाट चोरी निकासी भएर आउने रासायनिक मलहरु पनि बोर्डरमा नै रोकिएकाले पनि रासायनि मलको चरम अभाव भएको हो । पहिले चोरीबाट आउने मल पनि प्रसस्त रुपमा सिंगौल र निजगढ सम्म पुग्ने गरको थियो तर अहिले नेपाल तर्पबाट प्रहरी प्रशासनले ल्याउन नदिएका कारण पनि मलको चरम अभाव भएको हो ।
सरकारी मल नपाउँदा किसानहरूले चर्को मूल्यमा भारतीय मल खरिद गर्दै आएका छन् । हाल भारतीय युरिया मल प्रतिबोरा १६ सय रुपैयाँमा खरिद गर्नुपर्ने एक किसानले बताए । यसअभि भातरीय मल सहज रुपमा आउदा सस्तोमा पाईन्थ्यो भने अहिले तर, त्यही मल ल्याउनेलाई प्रहरीले पक्राउ गर्दै आएकोले पनि भारतीय मल महगो भएको स्थानीय व्यापारीले बताएका छन् ।
कृषि शाखाले १० वर्षअघि केन्द्रमा पठाएको विवरणअनुसार नै अहिले पनि मल आपूर्ति भइरहेकोले मल आपूर्ति यथार्थ आवश्यकता अनुसार हुन नसकेको किसानहरूको गुनासो छ ।
यता नगरपालिका र केन्द्र सरकारले वास्तविक तथ्याङ्कअनुसार मल आपूर्ति गर्न नसकेको, अनुदानमा कटौती गरेको र वितरणमा पारदर्शिता नदेखाएको कारणले पनि निजगढ र सिंगौलका किसानहरू थप मारमा परेको एक किसानले बताएका छन् ।


