बन कार्यालयमा फरार प्रतिवादी आफैँ आएर आत्मसर्मपण

रञ्जन यादव
274 पाठक संख्या

जीतपुर : डिभिजन बन कार्यालय कार्यालय बाराले फरार प्रतिवादीलाई पक्राउ गर्ने योजना तीब्र बनाएपछि एक फरार प्रतिवादी आफैँ कार्यालयमा आएर आत्मसर्मपण गरेका छन् ।

करिब एक बर्षदेखि फरार रहेका करैयामाई गाउँपबालिका वडा नम्बर ५ तेतरिया बस्ने बर्ष ३५ का जय प्रकाश सहनी आफै आएर आत्मसर्मपण गरेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए।

अबैध रुपमा बन पैदवार हानी नोक्सानी तथा ओसारपोसार मुद्दा सहनीलाई चलाईएको थियो ।

उनले सञ्चालन गरेको समिलमा सय क्युफिट अबैध काठ बरामद भएको मुद्दाका अनुसन्धानको जिम्मा पाएका मधुबन सब डिभिजन बन कार्यालयका प्रमुख बन अधिकृत संजय चौधरीले जानकारी दिनुभयो ।

पक्राउ परेका सहनीमाथी १ लाख १८ हजार ७ सय ५० रुपैया बिगो असुली दाबी गरिएको छ ।

उनलाई डिभिजन बन कार्यालय सिमराको थुनुवा कक्षमा राखिएको डिभिजन बन कार्यालयले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिभिजन बन अधिकृत झाले बताए ।

Leave a review