काठमाण्डौँ : सूचनाको हकका लागि राष्ट्रिय महासंघले एक विज्ञप्ती जारी गर्दै महासंघ प्रति भ्रामक समाचार सम्प्रेशन गरेको भन्दै आपत्ती जनाएको छ ।
तिब्र खबर नामक अनलाईनबाट गत कात्र्तिक १० गतेदेखि पटक पटक भ्रामक हेडलाईन राखेर फेक न्युज सम्प्रेशन गरी महासंघलाई बद्नाम गराउ खोजेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष उम्मीद बागचन्द र केन्द्रीय महासचिव अजयकुमार साहले आज संयुक्त पे्रस विज्ञप्ती जारी गर्दै गलत समाचार सम्प्रेशन गरी सूचनाको हकका आम सरोकारवालाहरु माझ भ्रम सिर्जना गर्न खोजिएको प्रति सिंगो महासंघको ध्यानाकर्षण भएको जनाएका छन ।
सूचनाको हक सम्बन्धी नागरिकको संवैधानिक मौलिक हकको संरक्षण र प्रवद्र्धन गर्न स्थापित एकमात्र नागरिक संस्था हो । सूचना मागेर सार्वजनिक निकायलाई जवाफदेहि र पारदर्शि बनाउन पहल गर्ने अभियान्ताहरुको सामुहिक पहलबाट स्थापित महासंघलाई बद्नाम गराउने नियतले भ्रामक,कपोकलपित र बदनियतपूर्ण समाचार लेखिएको प्रति घोर भत्र्सना गर्दै उक्त समाचारको खण्डन गर्दछौ,विज्ञप्तीमा उल्लेख छ ।
साथै महासंघको सम्पूर्ण पदाधिकारी,सदस्य,शुभचिन्तक,सहयोगि तथा सरोकारवाला नियकायहरुलाई पनि त्यस्तो असत्य र भ्रामक समाचारको विश्वास नगर्न र भ्रममा नपर्न हामि अपिल गरिएको छं ।
महासंघले आफ्नो लक्ष्य र उद्देश्य प्राप्तिको लागि गरेको सम्पूर्ण काम कार्वाही प्रति हामी सँधै जवाफदेहि र जिम्मेवार रहेको प्रष्ट पार्न चाहान्छौं,विज्ञप्तीमा भनिएको छ ।
महासंघले भ्रमपूर्ण समाचार लेख्ने तिब्र खबर अनलाईन विरुद्ध कानूनी कार्वाहिमा जाने पनि प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

