कलैया । बाराको सदरमुकाम कलैयाको मुख्य भरत चोकमा अवस्थित गढीमाई एम्पोरियमले आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ।
एम्पोरियमले १९ औं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार एक कार्यक्रमका बीच केककाटी भव्य रूपमा वार्षिकोत्सव मनाएको हो।
कलैयाकै पुरानो तथा विश्वासिलो पसलका रूपमा आफूहरूले ग्राहकको सेवा गर्दै आएको एम्पोरियमका प्रोपोराइटर सन्तोषकुमार स्वर्णकारले बताएका छन् ।
स्थापनाकालदेखि नै एम्पोरियमले सैमसंग,एलजी,हिमस्टार, भिडियोकन लगायतका कम्पनीका आधिकारिक उत्पादनहरू बिक्री गर्दै आएको उनले बताए । प्रोपोराइटर स्वर्णकारका अनुसार यहाँ टिभी, फ्रिज, वासिङ मेसिन, मोबाइल, पंखा, कुकर, राइस कुकर, मिक्स्चर, आइरन, एसी लगायतका विद्युतीय सामग्री थोक तथा खुद्रा रूपमा उपलब्ध छन्।
वार्षिकोत्सवको अवसरमा ग्राहकलाई ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको स्वर्णकारले जानकारी दिए। उनले एम्पोरियमले आगामी दिनमा पनि ग्राहकको सेवामा निरन्तर प्रतिबद्ध रहने बताए।
उक्त कार्यक्रममा संजयकुमार स्वर्णकार, दिपेन्द्र गुप्ता,राकेश साह सोनार, परिवारका सदस्यहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

