ट्रेयाक्टरमा लोड झयाल र ढोका सहित एक जना नियन्त्रणमा

रञ्जन यादव
312 पाठक संख्या

पर्सा : पर्सागढी नगरपालिका वडा नं.३ बड्निहारबाट शनिबार झयाल १० वटा र ढोका ७ वटा बरामद गरेको छ ।

ना ३ त ३२२७ नम्बरको ट्रेयाक्टर बाट सो परिमाणको सामग्री बरामद भएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

बड्निहार सब डिभिजन बन कार्यालयका जमदार जीतबहादुर तमाङ्गको कमाण्डमा गएको टोलीले ट्रेयाक्टर रोकि चेकजाच गर्दा काठको स्रोत खुलाउँन नसकेपछि पक्राउ गरिएको हो ।

बड्निहार सब डिभिजन बन कार्यालयका प्रमुख बन अधिकृत नवनीत मिश्राका अनुसार ट्रेयाक्टरले झयाल र ढोका लोड गरी बिरगंज महानगरपालिका वडा नं.३१ मा गईरहेको थियो । झयाल र ढोका बनाईएको काठको स्रोत खुलाउँन नसक्दा चालकलाई नियन्त्रणमा राखेको बन अधिकृत मिश्रले बताए ।

चालकलाई आवश्यक अनुसन्धानकोलागि डिभिजन बन कार्यालय पर्साको जिम्मा लगाएका उनले बताए ।

डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले यस बिषयमा अनुसन्धान भईरहेको बताए ।

अनुसन्धान पछि काठ र मानिसको बिषयमा थप जानकारी दिन सक्ने जानकारी दिए । काठ र ट्रेयाक्टरलाई बड्निहार सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको जनाईएको छ ।

Leave a review