पर्सा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुदै

राम मण्डल
301 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जमा प्याब्सन पर्सा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता आयोजना हुने भएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साको आयोजनामा सो प्रतियोगिता हुने भएको हो।

अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको आयोजना हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।

प्याब्सन पर्साले वीरगन्जको आदर्शनगर स्थित लिटिल एञ्जल स्कुलमा पत्रकार सम्मेलनको आयोजना गरेको हो।

कार्तिक ९ गते शुक्रबार वीरगञ्जको नगरसभा गृहमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको हो।

प्रतियोगतामा प्याब्सनमा आबद्ध रहेका २३ वटा विद्यालयहरुको सहभागिता रहने जनाइएको छ।

Leave a review

This will close in 0 seconds