चेक अनादर मुद्दाका चार फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
318 पाठक संख्या

कलैया : बारा प्रहरीले चेक अनादर मुद्दाका चार जना फरार प्रतिवादीहरू पक्राउ गरी बारा जिल्ला अदालत,कलैयामा दाखिला गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा मातहत प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका वारदात पश्चात फरार रहेका मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालत कलैयामा दाखिला गरिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय छतवाले चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिवाना सजाय पाएका बारा विश्रामपुर गाउँपालिका वडा नम्बर १ घोडासहानका रिजवा नुरुल्लाह ठकुराईलाई पक्राउ गरिएको हो।

प्रहरी चौकी गञ्जभवानिपुरले चेक अनादर मुद्दामा दुई हजार पाँच सय रुपैयाँ जरिवाना पाएका पशुराम कुशवाहलाई पक्राउ गरेको हो।

यस्तै चेक अनादर मुद्दामा विश्रामपुर १ घोडासहन निवासी बाजुलहक अंसारीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी बरियारपुरले महागढीमाई नगरपालिका बरियारपुर बजारका चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिवाना लागेका पुष्करकामर चौधरीलाई पक्राउ गरेको हो।

Leave a review