तामागढी साकोसद्धारा फत्तेपुरमा निशुल्क आँखा शिविर सम्पन्न

सन्तोष पाण्डे
343 पाठक संख्या

डुमरवाना : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१२ फत्तेपुरमा एकदिने निशुल्क आँखा परिक्षण शिविर बुधवार सम्पन्न भएको छ।

तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबी बाराको सहकार्य तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा स्थानीय नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको प्राङ्गणमा उक्त शिविर आयोजन गरिएको छ ।

शिविरमा सहकारीसंस्थाको सिमरा सेवा केन्द्र कार्यालय अन्तर्गत फत्तेपुर,शान्तिटोल,सिमरी,डुमरवाना,पोता,पचुली,पिपरिया,खैरवा,खेस्रोल लगायतका आखाँका विरामीहरुले आँखाको परिक्षण गराएका छन ।

सो अवसरमा १०८ महिला र १२१ पुरुष गरि २२९ जना आँखा सम्बन्धी समस्या भएको बिरामीहरुले आँखाको परिक्षण गराएका थिए । चेकजाँच गराएका मध्ये ३२ जना मोतिबिन्दुको बिरामी देखा परेका छन तामागढी साकोस सिमरा सेवा केन्द्रका प्रमुख उमेश सापकोटाले बताएका छन ।

शिविरमा भेटिएका मोतिबिन्दुको बिरामीहरुलाई निशुल्क यातायातको ब्यावस्थापन सहित यही १२ गते शुक्रवार ९ बजे बिहान मोतिबिन्दुको निशुल्क अप्रेसनका लागि हेटौंडा लगिने बताईएको छ । उनीहरुको सामुदायिक आँखा अस्पताल मकवानपुर हेटौंडामा निशुल्क मोतिया विन्दुको अपरेश नगरिने प्रमुख सापकोटाले बताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष पृथ्वीराज शिवाकोटी,सहसचिव रामकाजी खड्का,खोपवा सेवाकेन्द्र संयोजक राजकुमार चौधरी,सिमरा सेवाकेन्द्र संयोजक सन्तोष पाण्डे,सिमरा सेवा केन्द्र सन्चालन समिती सदस्य शम्भु साह, मुख्य प्रबन्धक बासुदेव रिमाल लगायतका उपस्थिति रहेको थियो ।

सहकारीको ७ सिद्धान्तहरु मध्ये समुदायतप्रतिको चासोः अन्तर्गत संस्थाले पनि दिगो सामुदायिक विकासका सेवाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने क्रममा निशुल्क आँखा परिक्षण शिविर हरेक बर्ष गर्दै आईरहेको मुख्य प्रबन्धक बासुदेव रिमालले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds