दर्शनार्थीहरुको स्वागतमा कलैयामा ठुलो बैलुन उडाईयो

साझेदारी दैनिक
305 पाठक संख्या

कलैया : बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुर स्थित गढीमाई मन्दिरमा जारी पञ्चबर्षिय गढीमाई मेला भर्न आउने दर्शनार्थीहरुको स्वागतमा आईतबार कलैयामा ठुलो बैलुन उडाईएको छ ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले गढीमाई मेला भर्न आउने दर्शनार्थीहरुको स्वागतका लागि उक्त बैलुन उडाईएको हो ।

गढीमाई मेला भर्न नेपाल,भारत लगायतका भग्तनहरु कलैयाको भरत चोकको बाटो भएर आउने भएकाले स्वागतमा उक्त बैलुन झुण्डयाइएको बताबरण शाखाका अनिल पाण्डेयले जानकारी दिएका छन ।

Leave a review