बारागढी गाउपालिकाको प्रशासनिक भवनको लागत पाँच करोड भन्दा बढी

रञ्जन यादव
543 पाठक संख्या

बारागढी गाउपालिकाको प्रशासनिक भवन पाँच करोड ११ लाख ८३ हजार पाँच सय ३८ रुपैया ९७ पैसाको लागतमा निर्माण भएको छ ।

केन्द्रको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत लागतमा सो भवन निर्माण भएको हो ।

गाउपालिकाका अध्यक्ष अशोक जयसवालका अनुसार प्रशासनिक भवन तथा यस्को परिसर साढे दुई विगाहा रहेको छ ।

पालिकाको साढे चार विगाहा जग्गा रहेकोमा सो क्षेत्रफलमा भवन निर्माण भएको हो । भवनमा कुल ३२ कोठा रहेको छ ।

भुई तल्लामा १२ रुम,पहिलो तलामा १२ र दोश्रो तलामा ९ रुम रहेको छ ।

एक मिटिङ हल,एक ठुलो सभाहल,क्यान्टिन,गार्ड रुम पार्किङका साथै महिला पुरुष दुवैका लागि पर्याप्त शौचालय समेत रहेको छ ।

Leave a review