वन राज्यमन्त्री विश्वकर्मा पोखरेलले गरिन् पर्सा निकुञ्ज कार्यालयको निरीक्षण

साझेदारी दैनिक
287 पाठक संख्या

बारा : पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारलाई मंगलबार वन तथा वातावरण राज्यमन्त्री रुपा बिश्वकर्मा पोखरेलले निरीक्षण गरेकी छन्।

पञ्चवर्षीय गढीमाई मेलाका अवसरमा बारा आएकी राज्यमन्त्री विश्वकर्मा पोखरेलले विशेष समय निकालेर मातहतको कार्यालयको निरीक्षण गरेकी हुन्।

मन्त्रीलाई कार्यालयमा स्वागत पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख रामचन्द्र खतिवडाले गरे। उनले निकुञ्जका समस्या र आगामी रणनीतिक योजनाबारे राज्यमन्त्री पोखरेललाई जानकारी गराए। वन तथा निकञ्ज कानुन समय सापेक्ष नहुँदा मानव र बन्यजन्तु विचको द्वन्द बढिरहेको उनले बताए।

यस्ता द्वन्दको मारमा दलित,गरिब,खोला किनार,वनक्षेत्र नजिकै बस्नेहरु समस्या परेको जानकारी दिए। कानुनी जटिलताका कारण केही गर्न नसकेको निकुञ्ज प्रमुख खतिवडाले जनाए। राज्यमन्त्री विश्वकर्मा पाखरेलले निकुञ्जका कयौं कानुन समय सापेक्ष नभएको स्विकारिन्। उनले जनता दुःखमा पर्दै आईरहेको बताइन्।

यस्ताखाले समस्या समाधन दिनेगरी केही कानुन संशोधनका लागि मन्त्रीपरिषद लैजाने तयारीमा रहेको उनले बताइन्। कुन कानुन भन्नेबारे प्रस्ट नपारेपनी उनले अन्य वन र निकुञ्जसँग सम्बन्धित कानुन संशोधनका लागि पहल गरिने जनाइन्।

वनक्षेत्र,खोला नजिक प्राय दलित गरिब,विपन्न समुदायको बस्ति हुने र बन्यजन्तुले उनीहरुलाईनै बढी दुःख दिँदा समस्या भएको कुरामा जानकार रहेको उनले बताइन्। वस्ती हटाउन या वन्यजन्तु नियन्त्रण गर्न दुबै असम्भव रहेको जनाइन्।

यद्यपी क्षेतीपूर्ती ब्यवस्था हुने गरी कानुन आवश्यक देखेको उनले भनिन्। सरकारले नदेख्ने,बन्यजन्तुले समेत दुःख दिँदा दलित गरिव विपन्न समुदाय मारमा पर्ने गरेको उनले जनाइन्।

वन तथा खोला किनार अझ निकुञ्ज छेउछाउ बसोबास गर्ने विपन्न, दलित र पछाडी परेका समुदायलाई निकुञ्ज कानुनसहयोगी हुनेगरी संशोधन गरिने राज्यमन्त्री विश्वकर्माले बताइन्। अत्यावश्यक कानुन संशोधन गरेर जनता र बन्यजन्तुको सँरक्षण गर्नु राज्यको दायित्व रहेको उनले जनाइन्।

Leave a review

This will close in 0 seconds