गढीमाई मंन्दिरमा एक लाख एकाउन्न हजार दिप प्रज्वलन गरिने

संदिप प्रसाद यादव
778 पाठक संख्या

बाराको महागढीमाई नगरपालिकामा रहेको गढीमाई मन्दिरको प्राङ्गणमा एक लाख एकाउन्न हजार दिप प्रज्वलन कार्यक्रम र नवनिर्मित प्रशासकीय भवनको समुदघाटन हुने भएको छ ।

भारतको अयोध्यामा अवस्थित नवनिर्मित भगवान श्रीराम मन्दिरको प्राण प्रतिष्ठा हुने यही माघ ८ गतेकै दिनको अवसरमा दिप प्रज्वलन कार्यक्रम र नवनिर्मित प्रशासकीय भवनको समुदघाटन हुने भएको हो ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा बसेको सर्बदलिय बैठकले गढीमाई मंन्दिरको प्राङ्गणमा एक लाख एकाउन्न हजार दिप प्रज्वलन गर्ने निर्णय भएको छ ।

दिप प्रज्वलनका लागि विभिन्न समिति चयन गरि तयारीको काम अगाडि बढाइएको नगर प्रमुख यादवले बताएका छन् ।

महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा तथा बाराबासीको श्रमदान र आर्थिक सहयोगमा दिप प्रज्वलन हुने भएको छ ।

दिप प्रज्वलनका दिन रामसिता माताको रथ यात्रा निकालिने र महागढीमाईको मंन्दिरमा राम सिताको दिपको आकृती चित्र बनाउने निर्णय भएको छ ।

बैठकले महागढीमाई नगरपालिका वडा नम्बर १ भटी देखि मन्दिर सम्म बाटोको दुबै छेउमा दिप प्रज्वलन गर्ने,सनातन धर्मको सबै भन्दा ठूलो दिन रहेको हुनाले महागढीमाई नगरपालिका सबै वडाका स्थानीयहरु अ आफ्नो घरमा सरसफाइ गरेर दिपावाली जस्तो दिप प्रज्वलन गर्नका लागि नगर प्रमुख यादवले आग्रह गरेका छन्।

यसैगरी सोही दिन महागढीमाई नगरपालिका भरी मदिरा र मासु पसल बन्द गर्ने निर्णय भएको जनाईएको छ ।

उक्त बैठकमा महागढीमाई नगरपालिका उपप्रमुख तारा देवी कानु,१ का वडा अध्यक्ष मनोज गुप्ता,२ का वार्ड अध्यक्ष बिश्वनाथ प्रसाद कुशवाहा,श्री गढीमाई मंन्दिर ब्यवस्थापन समितीका अध्यक्ष रामचन्द्र साह तेली,श्री गढीमाई बहुमुखी क्याम्पसका ब्यवस्थापन समिति अध्यक्ष बिजय स्वर्णकार लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds