ब्राईटर एकेडेमी सिमराको ९ औँ बिज्ञान प्रदर्शनी सम्पन्न

रञ्जन यादव
334 पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा स्थित ब्राईटर एकेडेमीमा ९ औँ बिज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।

प्रर्दशनीमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले आफुले पढेर सिकेका बिज्ञानका कुराहरुलाई ब्यवहारमा उतारेर बिभिन्न नबिनत्तम सामग्रीहरु निर्माण गरेका थिए ।

बिज्ञान प्रदर्शनीको अध्ययन,अवलोकन तथा निरिक्षण गर्न आएका प्रमुख अतिथि,अतिथि तथा अभिभावकहरुलाई बिद्यार्थीहरुले आफुहरुले समुहमा बनाएको सामग्रीको अवलोकन गराई यसका महत्वका बिषयमा बर्णन गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा अधिकृत हरिश भट्टले बिज्ञान प्रदर्शनीमा बनाईएका सामग्रीहरुको अवलोकन गरी बिद्यालयहरुले गरेको कार्यको प्रशंसा गरेका थिए ।

बिद्यालयका सह प्रधानध्यापक चन्दन चौधरीले बिज्ञानप्रती बिद्यार्थीहरुमा ईच्छाशक्ति बढाउँन,नयाँ कुराको उत्पत्ती र सामुहिक काम गर्ने तथा समस्याको समाधान गर्ने बानीको बिकास गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको बताए ।

बिज्ञान प्रदर्शनीमा बिद्यार्थीहरुले सोलर प्यानल,सिँचाई प्रणाली,धुवा तथा धुलो नियन्त्रण उपकरण,भोटिङ्ग मेसिन,गणना मेसिन र हाईड्रो पावरको निर्माण गरेका थिए ।

कार्यक्रममा ब्राईटर एकेड्मीका प्रधानध्यापक राजु कुमार कार्की,उपमहानगरपालिकाको शिक्षा अधिकृत भट्ट,सेन्ट पिटर्स एकेड्मीका प्रधानध्यापक अमृत मान श्रेष्ठ,डुमरबाना पब्लिक स्कुलका सञ्चालक अनिल तिबारी लगायतको सहभागिता रहेको थियो ।

सहभागी अतिथिहरुबिच बिज्ञानका बिभिन्न पक्षहरुको बिषयमा बहस तथा छलफल पनि भएको थियो ।

Leave a review

This will close in 0 seconds