कलैया । बाराको मानमत-मटिअर्वा-कलैया सडकखण्डअन्तर्गत मटिअर्वामा सडक अतिक्रमण हटाउनलाई डोजर चलाइएको छ।
१५-१५ मिटर क्षेत्रभित्र पर्ने घर, टहरा तथा पसलहरू हटाउने अभियान अन्तर्गत शनिबार बिहानदेखि भत्काउने कार्य सुरु गरिएको हो। गण्डक नहरको मटिअर्वा चोकदेखि एनसेल टावरसम्म करिब ५५ वटा घर, पसल र टहराहरू भत्काइएको छ।
वडा कार्यालयले यसअघि नै पटक–पटक सूचना जारी गरेर सडक क्षेत्रभित्रका संरचना हटाउन आग्रह गरे पनि अटेर गरेपछि बाध्य भएर डोजर चलाइएको कलैया उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष महम्मद सबिरले जानकारी दिएका छन् ।
उनका अनुसार आइतबार बिहानदेखि एनसेल टावरदेखि छोटि भन्सार कार्यालय मटिअर्वासम्म बाँकी क्षेत्रका संरचनाहरू पनि हटाइने छ। तथापि के मानिसहरूले आफैले आफ्नो घर टहरा हटाइरहेका छन् भने धेरैले आफैले हटाइ पनि सकेका छन्।
यस विषयमा दायर गरिएको निषेधाज्ञा सम्बन्धी मुद्दा बारा जिल्ला अदालतले खारेज गरिसकेको छ।

