युनियनले पत्रकार महासंघ बारालाई सर्वसम्मत बनाउन थाल्यो पहल

रञ्जन यादव
330 पाठक संख्या

कलैया : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि यही मंसिर २८ गते हुने निर्वाचनमा नेपाल प्रेस युनियन बाराले जिल्ला कार्यसमितिलाई सर्वसम्मत बनाउन सवै संगठनलाई मिलाएर निर्वाचनमा जाने तयारी गरेको छ ।

पत्रकार महासंघको मंसिर२८ गते एकै चरणमा केन्द्रीय,प्रदेश र जिल्ला निर्वाचन हुदै छ । निर्वाचनमा केन्द्रीय स्तरबाट नेपाल प्रेस युनियन र प्रेस चौतारीवीच गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको छ ।

सोही सहमति अनुसार बारा जिल्ला प्रेस युनियनको भागमा परेकाले युनियनले जिल्ला कार्यसमितिलाई साझा बनाउन अन्य पत्रकार संगठनहरुसंग पनि सहकार्य गर्न लागेको हो । युनियन बाराले चौतारीसगं भएको केन्द्रीय सहमतिलाई ध्यानमा राखरे अन्य संगठनहरुसंग पनि सहकार्य गर्न थालेको हो ।

युनियन बारा र प्रेस सेन्टरवीच आईतवार कलैयामा भएको छलफलमा तीन बुदें सहमति भएको छ । यी दुई संगठनवीच जिल्ला कार्यसमितिलाई सर्वसम्मत बनाउने,युनियन बारा र प्रेस सेन्टर बाराबीच सहकार्य गर्ने तथा अन्य संगठनहरुलाई पनि समेट्न पहल गर्न समिति भएको छ ।

युनियन बाराका अध्यक्ष श्याबावु प्रसाद यादव र प्रेस सेन्टर बाराका अध्यक्ष रन्जन यादवले हस्ताक्षर गरेको सहमतिपत्रको तेस्रो सम्झौतामा नेपाल पत्रकार महासंघ बाराको नेतृत्व नेपाल प्रेस युनियन बाराले गर्ने र अन्य पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुको हकमा सम्मानजनक पद बाँडफाड गरि अघि बढ्ने सहमति भएको छ ।

Leave a review