जीतपुर : बारा जिल्ला मुद्रण उद्योग संघको प्रथम जिल्ला भेला शनिबार कलैयामा सम्पन्न भएको छ ।
होटल करणराज प्यालेसमा सम्पन्न भेलाले गढीमाई प्रेस कलैयाका संचालक मुकेश गुप्ताको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा साहारा प्रेस कोल्हवीका संचालक धर्मेन्द्र साह,सचिवमा सिम्बारा प्रेस सिमराका संचालक नवराज न्यौपाने,कोषाध्यक्षमा राजदेवी प्रेसका संचालक अच्छेलाल साह रहेका छन् ।
यसैगरी समितिको सदस्यमा आरडी प्रेस सिमरा संचालकका राजु गौतम,विनोद प्रेस सिम्रौनगढका विनोद कुशवाहा,आकाश प्रेस बरियारपुरका रामपुकार बरै चयन भएका छन् ।
भूमिका प्रेस कलैयाका संचालक राजेशमान डंगोलको अध्यक्षतामा सम्पन्न भेलाको उद्घाटन नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपालप्रसाद ढकालले गरेका थिए ।
भेलामा बारा जिल्ला भित्र संचालनमा रहेकामध्ये करिव २० जना छापाखाना संचालकको सहभागिता रहेको थियो ।

