थारु साँस्कृतिक माघी महोत्सव २०८१ लाई सभ्य र भब्य बनाउन विभिन्न उपसमिति गठन

साझेदारी दैनिक
377 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर / थारु साँस्कृतिक माघी महोत्सव २०८१ लाई सभ्य र भव्य तरिकाले मनाउनको लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

थारु कल्याणकारी सभा जिल्ला कार्य समिति बारा र जितपुरसिमरा नगर कमिटीको बिहिवार बसेको बैठकबाट उपसमितिहरु गठन गरिएको हो ।

मूल समितिको संयोजकमा जिल्ला सभापति रामप्रसाद चौधरी रहेका छन्। सो समितिको सदस्यहरुमा लक्ष्मीकान्त प्यारेलाल चौधरी,संजयकुमार चौधरी,यादवकृष्ण चौधरी,बासुप्रसाद चौधरी, योगेन्द्र चौधरी रहेका छन्।

आर्थिक समितिको संयोजकमा सुनिल चौधरी रहेका छन्। मंच व्यवस्थापन समितिको संयोजकमा सुरेन्द्र चौधरी रहेका छन्। प्रचार प्रसार समितिको संयोजकमा श्री चौधरी रहेका छन्। अनुगमन समितिको संयोजकमा भागवत चौधरी रहेका छन्।

स्टल व्यवस्थापन समितिको संयोजकमा राधेश्याम चौधरी लगायतका रहेका छन्। यस वर्षको थारु सास्कृतिक माघी महोत्सव २०८१ जितपुरसिमरा वडा न ४ औरहामा हुने भएको छ ।

पौष २९ देखि माघ १ गते सम्म चल्ने महोत्सवमा थारु साँस्कृतिक गीत,झलक,ठकरा डान्स,लगनी,बिरहनी,विभिन्न किसिमको थारु खानाको परिकारको स्टलको व्यवस्थापन हुनेछ।

थारुहरुको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले यो माघी महोत्सव बारा जिल्लाको विभिन्न पालिकामा आयोजना हुँदै आएको जिल्ला सचिव यादवकृष्ण चौधरीले जानकारी दिए ।

Leave a review