जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ मा रहेको कुलिया क्याम्पसमा नगरस्तरीय अन्तर विद्यालय स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा आधारभूत विद्यालय तर्फ बाट नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय नगौलकि छात्रा प्रथम,एभरग्रीन अङ्ग्रेजी माध्यमिक विद्यालयकि छात्रा दृतिय र नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियाकि छात्रा तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
त्यस्तै माध्यमिक तर्फ एक्स चिल्ड्रेन एकेडमीकि छात्रा प्रथम,सरस्वती नेरा माबी इनर्वासिराका छात्र दृतिय र राष्ट्रिय बिभुती शिक्षा सडन डुमरवानाका छात्र तृतीय स्थान हासिल गरेको छ ।प्रतियोगिताको बिजेता विद्यार्थीहरुलाई पुरस्कार समेत बितरण गरिएको सचिवालय बिद्यालय नेरा नमुना मा.बि. बकुलियाका प्रधानध्यापक धन्नजय गौतमले जानकारी दिए ।
उपमहानगरपालिकाको सहयोग र नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियाको आयोजनामा स्वतन्त्र लेखन प्रतियोगिता भएको हो ।जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका १४ वटा आधारभुत विद्यालय र १० वटा निजि विद्यालय गरेर २४ वटा विद्यालयका छात्र र छात्राहरुले प्रतियोगितामा सहभागीता रहेको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ को वडाध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिश भट्टको प्रमुख अतिथ्यता रहेको थियो भने कार्यक्रम संचालन देवि सापकोटाले गरेकी थिईन ।


