Sajhedari Daily
Latest News from Nepal

झडपको छानविन गर्न सुवर्ण गाउँपालिका काँग्रेसको माग

रबिन्द्र प्रसाद साह /
बुधबार कार्तिक१२ गते भएको झडपको २४ घण्टा भित्र सत्यतथ्य कुराको छानबिन गर्न नेपाली काँग्रेस सुवर्ण गाँउपालिका कवहीगोठ बाराले माग गरेको छ।

बुधवार राति ८ बजेको समयमा सुवर्ण गाउँपालिका वडा नं. २ कवहीगोठमा इलाका प्रहरी कार्यालय केही र विभिन्न व्यक्तिहरुबीच उत्पन्न भएको तनावपूर्ण परिस्थितिमा प्रहरीतर्फबाट भएको गोलि चलेको थियो ।

प्रहरीको गोली प्रहारवाट सुवर्ण गाउँपालिका वडा नं २ कवहीगोठ निवासी बृन्दकेशर यादवको छोरा १४ वर्षीय रन्जन कुमार यादव घाइते भएका थिए । यादवको टाउकोमा गोली लागेर सक्त घाईते भएका छन ।

झडपमा गली चल्दा समेत उक्त घट्ना वारे जिल्ला प्रमुख अधिकारी लगायतका सुरक्षा निकायका पदाधिकारीहरूले अहिलेसम्म कुनै ठोस निर्णय नलिएको हुनाले नेपाली काँग्रेस सुवर्ण गाँउपालिका कवहीगोठ बाराको ध्यानार्कषण भएको छ।

त्यसकारण नेपाली काँग्रेस सुवर्ण गाँउपालिका कवहीगोठ बाराले विहिवार प्रेस विज्ञप्ती जारी गर्दै घट्नाको सत्यतथ्य छानबिन गरी दोषिलाई कडा कार्यवाहीको माग गरेको छ । साथै पिडितलाई उचित स्वास्थ्य उपचार तथा उचित क्षतिपुर्तिको माँग समेत गरेको छ ।