फेटामा वडा स्तरीय सञ्जाल गठन

साझेदारी दैनिक
247 पाठक संख्या

कलैया : राजेश कुशवाहा / बाराको फेटा गाउँपालिका वडा नम्बर १ को ६ वटा बस्तीमा शुक्रबार सम्पन्न एक भेलाले सञ्जाल गठन गरेको छ ।

युएसएडको आर्थिक सहयोगमा द एसिया फाउण्डेशन मुख्य कार्यान्वयन कर्ता रहेको नागरिक समाज र सञ्चार कार्यक्रम अन्र्तगत सखी महिलाको साथीको सहकार्यमा उक्त सञ्जाल गठन गरिएको हो ।

स्थानिय शासन प्रणालीमा सिमान्कृत समुदायका लागि सशक्तीकरण परियोजना अन्र्तगत उक्त बस्तीका सिमान्कृत तथा दलित समुदायका सदस्यहरुको उपस्थितीमा संजाल गठन गरिएको छ ।उक्त सञ्जालमा ३० जना आबद्ध रहेको सखी संस्थाका कार्यकारी निर्देशक प्रिन्याका कुमारी कुश्वाहाले जानकारी दिएकी छन ।

भेलामा ४२ जना उक्त समुदायमा व्यक्तिहरुको सहभागिता रहेको थियो । वडा अध्यक्ष बिगन दासको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न भएको हो । भेलामा स्वागत तथा सञ्चालन सखीका कार्यक्रम अधिकृत राजेश प्रसाद कुश्वाहाले गरेका थिए ।

नागरिक अधिकार प्राप्तीको लागि दलित,अपाङ्गगता भएका व्यक्ति,महिला,सिमान्कृत र यौनिक अल्पसख्यक समुदायका सदस्यहरु र अन्य समुदायका सदस्यहरु बिच एकरुपता कायम गरी सम्बन्धित सरोकारवालाहरु सँग समन्वय गर्ने उदेश्यले सञ्जाल गठन गरिएको सखी संस्थाका कार्यक्रम संयोजक राजु कुमार साहले जानकारी दिएका छन ।

भेलामा नेपालको शासन प्रणालीमा सुशासनको अवधारणा,सुशासन सुदृढीकरणका अधारभुतहरु,सिमान्कृत समुदायको हालको अवस्था,बैठक ब्यबस्थापन र संजालका च्याम्पियनहरुले जिम्मेवारी र भुमिका लगायतको बिषयमा छलफल गरिएको थियो।

Leave a review

This will close in 0 seconds