नौ लाख बराबरको बोईलरको चल्ला नष्ट

साझेदारी दैनिक
262 पाठक संख्या

सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्धित नौ लाख रुपैयाँ भारतीय बोईलर कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ ।

सशस्त्र प्रहरीले पर्साको बहुदरमाई नगरपालिका–२ बिआरर २२ एच ६८१७, ना ५३ प ७७६१ र बा ३६ प ७२७३ नम्बरको मोटरसाइकलमा लोड गरी भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बोईलर कुखुराको चल्ला बरामद गरेको हो ।

पाँच लाख २० हजार बराबरको ५२ कार्टुन चल्ला सहित भारत जिल्ला पूर्बि चम्पारण नुनियाडि ग्राम पंचायत महादेवा बस्ने सुरेश यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गणले दिएको जानकारी अनुसार पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ४ ईटियाहिबाट पनि चल्ला बरामद गरेको छ ।

बिआर ०५ भि ०४४१ र बि आर ०५ ए एल २५९६ नम्बरको दुई वटा मोटरसाइकलमा लोड गरी भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चल्ला बरामद गरिएको छ ।

बिआर ०५ भि ०४४१ र बि आर ०५ ए एल २५९६ नम्बरको दुई वटा मोटरसाइकलमा ल्याइएको उक्त चल्ला बरामद गरिएको जनाइएको हो । बरामद चल्लालाई खाल्टोमा पुरेर नष्ट गरिएको छ ।

चल्ला सहित पक्राउ परेका यादवलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

Leave a review