बिधालयहरु बन्द गर्न शिक्षा विकास तथा समन्वय इकाई बाराको निर्देशन

साझेदारी दैनिक
साझेदारी दैनिक 917 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बारामा कोरोना कहरका बिच संचालनमा आएका बिधालयहरु बन्द गर्न शिक्षा विकास तथा समन्वय इकाई बाराले निर्देशन दिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई बाराका निमित प्रमुख बृजकिशोर प्रसादले सोमबार एक सूचना जारी गर्दै कोरोना भाइरसको महामारीका कारण अवरुद्ध नियमित विद्यालय शिक्षालाई अर्को व्यवस्था नहुनजेल सम्मको लागि बिद्यार्थीहरुलाई कक्षा कोठामा बोलाई पढाउँन रोकिएको जनाएको छ ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण निर्देशिका , २०७७ जारी भएको र सोही अनुसार सिकाई सहजीकरण गर्न अनुरोध गरेको छ ।

बारामा निर्देशिका विपरीत अधिकांश विद्यालयहरु ले विद्यार्थीहरुलाई कक्षाकोठामा समेत बोलाई पठनपाठन गर्न सुरु गरेका छन् ।

समाचार शेयर गर्नुहोस
Leave a review