दुर्गा प्रसाई नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म,सँस्कृति र नागरिक बचाउ अभियानले वीरगञ्जमा ¥याली निकालेको छ ।
बैंक र लघुबित्तले ऋणीहरुमाथि गरिरहेको ज्यादती र सरकारको बिरुद्धमा ¥याली निकालिएको हो । ¥यालीले वीरगञ्ज नगर परिक्रमा गरेको थियो ।
¥यालीमा बैंक र लघुवित्त पीडितहरुको सहभागिता रहेको थियो । ¥यालीले नगर परिक्रमा गर्दै घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो ।कोण सभालाई सम्बोधन गर्ने बक्ताहरुले बैंक लघुबित सँगै सरकारले समेत ऋणमा डुबेको जनताको शोषण गरिरहेको आरोप लगाएका थिए ।
उनीहरुले आफुहरु बाध्य भई अहिले बैंक र सरकारको बिरुद्धमा उत्रिनु परेको जनाएका थिए ।सरकारले गरिब जनताको हितमा छाडेर आफनो मोजमस्तीमा लागेकोले देशका गरिब ऋणीहरु सडकमा उत्रिएको अभियानका सचिव श्रीराम कँडेलले बताएका छन्। देशमा चरम भ्रष्टाचार गरिबी,दलालीतन्त्र र कुशासन हाबी हुदै गएको उनले जनाए ।
अहिले नेताहरु बाहेक गरिब जनताहरु खुशी हुन नसकेको मधेसबादी नेता एवम् अभियानका भाग्यनाथ गुप्ताले बताएका थिए ।देशमा भएका कल कारखानाहरुलाई बर्तमान नेताहरुले बन्द गरेर देशलाई गरिबीको रेखामुनि पु¥याएको गुप्ताले आरोप लगाए ।
अहिलेको गणतन्त्रले जनतालाई सुखी बनाउनुको सटा झनै बिचल्लिमा पारेको अभियानकी ईशा खडकाको भनाई थियो ।अभियानमा सहभागी भएका नरेश शाहले बैंकहरुले गरिब जनताको पाँच लाख ऋण दिएर करोडौंको जग्गा धितो राखेर लिलाम गर्ने सोचमा रहेको जनाए ।
यसैले बाध्यताका साथ ऋणीहरु आन्दोलनमा उत्रिएको बताए ।दुर्गा प्रसाई नेतृत्वको अभियानले अहिले देशभरिमा बैंक तथा लघु्बितीय सँस्थाको बिरोध गर्दै आईरहेको छ ।अभियानले देशमा भएका गरिबहरुको २० लाख सम्मको ऋण मिनाहा गर्ने समेत आश्वासन दिदै आएको छ ।


