विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बाराका एक जना पक्राउ

साझेदारी दैनिक
324 पाठक संख्या

कलैया : आकर्षक तलबमा विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बाराका एक जना पक्राउ परेका छन् ।

पचरौता नगरपालिका वडा नम्बर ८ घर भई काठमाडौं भिमसेनगोला बस्ने ३५ वर्षीय सञ्जय साह बानियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

साइप्रस पठाइदिन्छु भन्दै १ जनासँग ४ लाख ६० हजार रूपैयाँ लिएर उनी सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको टेकुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बानियाँलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds