बारा : प्रथम जीतपुरसिमरा नगरस्तरीय अन्तर विद्यालय कुश्ती प्रतियोगिता २०८१ सफलता पूर्वक सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोग र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय बकुलियाको आयोजनामा भएकोे प्रतियोगितामा नगरभरका विद्यालयहरूले सहभागिता जनाउँदै विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको उद्घाटन नगर प्रमुख राजन पौडेलले गरेका थिए । उनले मधेश प्रदेशको लोकप्रिय खेलको रुपमा कुस्ती प्रतियोगितालाई प्रोत्साहन गर्न र बिद्यार्थीहरुलाई कुस्तीप्रती जानकारी दिने उदेश्यले कुस्ती प्रतियोगिताको आयोजना गरिएको बताए ।
६५ केजी तौल समूहमा प्रथम बिकास कुमार यादव (ने रा नमुना मा बि,बकुलिया),द्वितीयः ओसिम अहमद (सरस्वती मा बि,ईनर्वासिरा),तृतीय निसाल पासवान (ने रा मा बि, हरपुर)र चौथोः आदित्य श्रीवास्तव (ने रा नमुना मा बि,बकुलिया रहेका छन् ।
त्यस्तै ५० केजी तौल समूहमा प्रथमः जौवाद अख्तर (ने रा आधारभूत विद्यालय,नितनपुर),द्वितीयः प्रमेश्वर यादव (सरस्वती मा बि,ईनर्वासिरा),तृतीयः सुजित साह (ने रा नमुना मा बि, बकुलिया) र चौथोः राधेश्याम यादव (राष्ट्रिय विभूति) भएको सचिवालय बिद्यालय श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय बकुलियाको प्रधानध्यापक धन्नजय गौतमले जानकारी दिए ।
प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक क्षमता र खेलकुदप्रतिको उत्साहलाई प्रोत्साहन गरेको छ। विजयीहरूलाई सम्मान स्वरूप प्रमाणपत्र तथा पुरस्कार सचिवालय बिद्याालयका प्र.अ. गौतमले वितरण गरेका थिए । प्रतियोगिता विद्यालयस्तरको खेलकुद विकासमा कोसेढुंगा सावित भएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

