कलैया : जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले लाखौंको माल सामानलाई नियन्त्रणमा लिएको छ।
सो माल सामानलाई राजश्व अनुसन्धान कार्यालय पथलैइामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन्।
गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६७ लाख ९६ हजार २९ रूपैया बराबरको विभिन्न समानहरू सहित २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिईएको हो।
बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितमा ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीटोलीले एक ट्रकलाई जाँच गरेको हो।
वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको लु १ ख ९५१४ नम्बरको ट्रकमा लोड गरेको ३१ लाख ८२ हजार ६०रूपैया बराबरको प्लास्टिक व्याग,औषधी,ईलाइची लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको छ ।
यस्तै बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा प्रहरी चौकी पथलैया बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले एक ट्रकको जाँच गरेको हो।
प्रहरीले वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको ना ५ ख ७०५२ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य ३६ लाख १३ हजार नौ सय ६९ रूपैया बराबरको हार्डवेयर,मोटर पोर्टस,डाईवेयर वाइल,कल्क लगाएत अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिएको हो।

