वीरगञ्ज : वीरगञ्ज महानगरपालिका–३१ मा रहेको सामुदायिक विद्यालयलाई शिव शक्ति घ्यू उद्योग प्रालिबाट बेञ्च सहयोग गरिएको छ।
लक्ष्मीपुर टोलमा रहेको नेपाल रेडक्रस आधारभूत विद्यालयलाई उद्योगले १० थान बेञ्च सहयोग गरेको हो।
उक्त बेन्च डेस्क बिधालयलाई सहयोग गरिएको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३१ का वडाध्यक्ष जितेन्द्र यादव,उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी,सदस्य पदमा देवी सरावगी,सुमन बगेडिया,अंकुर शर्मा र शिव शक्ति घ्यू उध्योग प्रा लिका प्रशासकीय प्रमुख नवल किशोर सिंह,प्रधानाध्यापक लक्षमन प्रसाद साह शिक्षक शिक्षिका विद्यार्थी लगायतको सहभागिता रहेको थियो।


