वीरगञ्ज : छठ पर्वको शुभ अवसरमा वीरगन्ज कपडा बैंकले वीरगञ्जको घण्टाघरमा शुक्रबार एघार सय थान निःशुल्क कपड़ा वितरण गरेको छ। सो अवसरमा प्रमुख अतिथि समाजसेवी अधिवक्ता तथा संस्थाका संरक्षक सुरेन्द्रप्रसाद कुर्मीले कपडा वितरण गरेको बैंकको कोषाध्यक्ष मनोज मिश्राले बताए।
प्रमुख अतिथि कुर्मीले बिपन्नवर्गका छठ पूजा गर्नेलाइ सक्दो सहयोग गर्न आग्रह गरेका थिए। वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सो कार्यक्रम भएको थियो। बैंकका वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताको बिशिष्ट आतिथ्यतामा कपडा वितरण गरिएको हो। कार्यक्रममा गौरी गुप्ता, हुकुमसिंह राजपुत, सतिषसिंह राजपुतको विशेष उपस्थिति रहेको हो।
कार्यक्रममा आइज नेपाल पर्साका कोषाध्यक्ष रुपशिला जैसवाल, महादेव कुर्मी,घण्टाघर प्रहरी पोष्टका प्रमुख असई राम बिनोद झा , बैंकका निवर्तमान अध्यक्ष रम्भा मिश्रा,उपाध्यक्ष मोनिका सिंह , सल्लाहकारहरु ओमप्रकाश सराफ ,श्रवण बहादुर रायमाझी,सदस्यहरु हरेन्द्र पटेल, निलाकुमारी राम,केदार गुप्ता,राजेश श्रीवास्तव,राहुल सिंह राजपुत ,पत्रकारहरु राज सराफ,जगत राई,ज्ञानेन्द्र सिंह ,निरन्जन,विशाल यादव लगायतको उपस्थिति रहेको संस्थाका सचिव कन्हैया पटेलले बताए ।
प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म आफ्नो कार्यालय वीरगन्ज –८ बाट गरीब असहायलाई निशुल्क कपड़ा यस बैंकले उपलब्ध गराउदै आएको छ।


