रबिन्द्र प्रसाद साह,/
कलैया उपमहानगरपालिका १३ स्थित बलिरामपुर टोलको नगर प्रमुख राजेश राय यादव सहितको टोलीद्धारा अनुगमन निरीक्षण गरिएको छ ।
नगर प्रमुख यादवको नेतृत्व टोलीले बलिरामपुरका समुदाय बासिहरुको माझमा गैइ समुदायमा रहेको समस्याहरु कबरिस्थानको बाउन्डरिङ्ग वाल गर्ने, त्यसमा माटो पुर्ने, नालाको समस्या, बाटोको समस्या लगायतका समस्याहरूको अनुगमन तथा निरीक्षन गरिएको थियो । उक्त समस्याहरूको समाधान हालको बजेटमा कार्य गरी समाधान गरिने बारे समुदाय बासिहरुलाई आश्वान समेत दिएका थिए ।
उक्त अनुगमन टोलीमा कलैया उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष राजन कुर्मी,कलैया उपमहानगरपालिकाका इन्जिनियर चन्द्रशेखर,सम्वन्धित शाखाका पदाधिकारीहरू, स्थानिय भद्रभलादमीहरु लगायतकाको सहभागिता रहेको थियो।